
कैलाली,फाल्गुन २२ । कैलालीको धनगढीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ।
शनिबार मध्यान्ह धनगढी उपमहानगरपालिका– ४ चटकपुरस्थित एक फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ।
सञ्चालनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा आगलागी भएको हो।
अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शम्शेर जबराले बताए।
उनका अनुसार आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अत्तरियाको दमकल ल्याइएको छ।
आगलागी भएको स्थानको केही सय मिटर पर नेपाल आयल निगमको धनगढी डिपोसहित ट्यांकरहरु रहेका छन। यद्धपि आगलागी थप फैलन नपाएको जबराले जानकारी दिए।