महोत्तरीमा ओछ्यानबाटै बेपत्ता झा दम्पती फेला पार्न प्रहरीलाई निकै मुस्किल

महोत्तरी,फाल्गुन २२ ।महोत्तरीमा १२ दिनअघि घरको ओछ्यानबाटै बेपत्ता झा दम्पती फेला पार्न प्रहरीलाई निकै मुस्किल परिरहेको छ।

तीव्र रूपमा खोजी गरिरहे पनि प्रहरीले पिपरा गाउँपालिका–५, सहोर्वा गाउँका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी गीतादेवी झाको अवस्था अझै पत्ता लगाउन नसकेको हो।

यही फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद गरेको प्रहरीलेे, न उनीहरूलाई मारेर पोखरीमै पो फालिएको छ कि भन्ने आशंकाले महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा समेत ‘सर्च’ गरेको छ।

पोखरीमा जाल हान्नाका साथै बोटबाट समेत खोजी गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले बताए।

उनीहरूको खोजी क्रममा २५ जनाभन्दा बढीसँग सोधपुछ गरिसकिएको उनले जानकारी दिए।

‘घटनाको विभिन्न कोणबाट अनुसन्धन गरिरहेका छौं। अहिलेसम्म घटनामा उल्लेख्य कुनै क्लु भेटिसकेको छैन,’ डिआईजी सिंहले भने ‘दम्पतीको अवस्था हालसम्म अज्ञात छ। जिउँदो वा मृत कुन अवस्थामा छन् भन्ने कुरातर्फ अनुसन्धान केन्द्रित भएको छ। अहिलेसम्म २५/२६ जनासँग सोधपुछ गरिसकेका छौं। चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो।

गीताको ओछ्याननजिकै र उनको घरदेखि झन्डै १५ मिटर परसम्म रगतका छिटा देखिएका थिए। दुवै रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको छ। रिपोर्ट आउन बाँकी रहेको डीआइजी सिंहले बताए। रगतका छिटा र पोखरीमा भेटिएको दम्पतीले प्रयोग गर्ने झुलले घटना झनै रहस्यमय बनाएको छ।

दम्पतीको हत्या नै भएको प्रहरीको अनुमान छ। झा मालपोतका पूर्व कर्मचारी हुन्। बेपत्ता हुनुअघि उनी जग्गासम्बन्धी विवादमा साक्षी बसेको थिए भने उनको जग्गा लिएका एक स्थानीयसँग विवाद भएको थियो।
सोही रिसइबी साँध्न दम्पतीको बेपत्ता पारिएको हुन सक्ने प्रहरीको आकलन छ।

पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ। जसमा पक्राउ परेका हरेन्द्र र रामबाबुले कतिपय कुरा झुट बोलेको पाइएको डीआईजी सिंहले बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…