
काठमाडौं,फाल्गुन २१ । सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्।
आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सम्बोधन गर्न नवलपरासीबाट उनी प्रस्थान गरेकाे तस्बिर सार्वजनिक भएको हो।
नवलपरासीमा सहिदका परिवारसँग भेटघाट गरेर उनी काठमाडौं प्रस्थान गरेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका हुन्।