
काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ।
औषधि निर्माता कम्पनी भारत बायोटेकले आफ्नो कोरोनाविरुद्धको खोप कोभ्याक्सिन अन्तिम चरणको परीक्षणको सुरुवाती परीक्षणमा ८१ प्रतिशत प्रभावकारी देखिएको बताएको हो।
गत जनवरीमा तेस्रो चरणको परीक्षण बिनै यो खोपले स्वीकृति पाएपछि भारतमै विरोध भएको थियो। मानिसहरुले यो खोप लगाउन मानेका थिएनन्।
बायोटेकका अनुसार २५ हजार आठ सयमा खोप परीक्षण गरिँदा हालसम्म ४३ जनामा गरिएको परीक्षणको नतिजा आएको हो।