सैनिक ‘कु’विरुद्ध आन्दोलनमा म्यान्मारमा एकैदिन ३८ नागरिकको मृत्यु (भिडिओसहित)

म्यान्मार (बर्मा) मा सैनिक ‘कु’विरुद्ध आन्दोलन गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर ३ बालबालिकासहित एकैदिन ३८ नागरिकको मृत्यु भएको छ।

हिजो बुधबारका दिन १४, १७ र १९ वर्षका ३८ प्रदर्शनकारीको मृत्यु भएको म्यान्मारस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकारको कार्यालयले जानकारी दिएको हो।

myanmar38.1

गत फेब्रुअरी १ मा नेतृ आङ सान सुची, राष्ट्रपति, मन्त्रीसहित सबै लोकतान्त्रिक नेतालाई नजरबन्दमा राखेर सेनाले राज्यसत्ता हत्याएपछि म्यान्मारमा दैनिक विरोध प्रदर्शन भइरहेको छ।

नागरिकले प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका हुन्।

बुधबारको प्रदर्शन र धरपकडको एक झलक बीबीसीको यो भिडिओमा :

<iframe width=”400″ height=”500″ frameborder=”0″ src=”https://www.bbc.com/news/av-embeds/world-asia-56265962/vpid/p098kmlv”></iframe>

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसअघि पनि यही फागुन १६ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर १८ जना तथा फागुन ८ गते ३ जनाको मृत्यु भएको थियो।

सबै गरेर म्यान्मारमा जनप्रदर्शनका क्रममा अहिलेसम्म ५९ नागरिकको ज्यान गइसकेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…