नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच जारी वार्ता सहमतिको अन्तिम चरणमा

काठमाडौं,फाल्गुन २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच जारी वार्ता सहमतिको अन्तिम चरणमा पुगेको छ।

विप्लव नेकपाका एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार सहमतिका बुँदालाई अन्तिम रूप दिई दस्तावेजीकरण गर्न अहिले दुई पक्ष छलफल गरिरहेका छन्।

स्रोतका अनुसार हिजो बुधबार एकैदिन दुई चरणको औपचारिक वार्ता गरेका दुई पक्षबीच अनौपचारिक रूपमा तेस्रो चरणको वार्ता पनि भइसकेको छ।

aawash steels

अहिले बिहान सहमतिलाई लिखित रूप दिएर आजै संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

स्रोतका अनुसार ‘प्रतिबन्ध फुकुवा, मुद्दा लागेका २ हजार नेता/कार्यकर्ताको मुद्दा फिर्ता लिने, थुनामा रहेका डेढ सय जनामध्ये ज्यान मुद्दाबाहेककालाई रिहा गर्ने सहमति’ भइसकेको छ।

super kinetic courier

‘अब हतियार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा मात्र टुंग्याउन बाँकी छ,’ स्रोतले भन्यो।

सरकारले प्रतिबन्धित विप्लव नेकपासँग वार्ता गर्न गत मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको हो। लगत्तै त्यही दिन विप्लव नेकपाले पनि पूर्वमन्त्रीसमेत रहेका आफन प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय नै वार्ता टोली बनाएको हो।

विप्लव वार्ता टोलीमा उदय चलाउने ‘दीपक’ तथा सरकारी वार्ता टाेलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…