भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए प्रस्टीकरण

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको र अब बोल्दा ध्यान पुर्याउने बताए।

‘मैले सचेत रुपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा मैले भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ’, बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘मैले चीनको कुरा पनि गरेको थिएँ। तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरे। मेरो नियत खराब थिएन।’

प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्दै थपे, ‘तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमा म सचेत भएको छु।’

प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू– कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ’ भनेका थिए।

जुन भिडियो काटेर ‘कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारतलाई पनि कम्फर्टेबल हुन्छ’ भन्ने बनाएर प्रचण्ड भारतसँग मिलेको भन्दै प्रचार गरिएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…