विश्वभर कोरोनालाई जित्नेको संख्या ९ करोड १० लाख भन्दा बढी

काठमाडौं, १९ फागुन । अहिलेसम्म विश्वभरका ९ करोड १० लाख बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।

११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेको वर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख व्यक्ति अहिले विभिन्न अस्पताल र होम आइसोलेशनमा छन् ।

aawash steels

सङ्क्रमितमध्ये पनि ९९ दशमलव ६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै व्यक्तिको अवस्था सामान्य छ । शून्य दशमलव ४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ । यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ सय १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २ करोड ९३ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । एजेन्सी

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…