अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा भाषामा अनुवाद गर्ने अनुमति पाएको जानकारी गराइएको हो।

महिला समानताको सवालमा अगाडि मानिने अमेरिकाको राजनीतिमा भने २१ औं शताब्दीमा पनि वर्णभेदी र लिंगभेदी नै छ।

यो वर्षको जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले दुई खालका इतिहास रचिन्। एउटा उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनिरहेकी थिइन्। अर्को उनी त्यो पदमा पुग्ने पहिलो कालो वर्णकी महिला तथा पहिलो दक्षिण एसियाली महिला बनिन्।

aawash steels

यी र यस्तै इतिहास रच्ने पात्र कमला ह्यारिसको ‘ट्रुथ्स वी होल्ड’ पुस्तक विभिन्न बेस्ट सेलर पुस्तकको सूचीमा पर्न सफल पुस्तक हो।
वी रिडले कमला ह्यारिसको सोही पुस्तक ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा प्रकाशन गर्न लागेको हो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…