पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै

काठमाडौं, १८ फागुन । उपचारको शिलशिलामा भारतको नयाँदिल्ली रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (मंगलबार) स्वदेश फर्किदै छन् ।

पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका भट्टराई दम्पती आज स्वदेश फर्किंन लागेका हुन् । साथमै रहेका उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज नेपाल वायु सेवा निगमको जहाजमार्फत नेपाल फर्किन लागिएको हो ।

aawash steels

पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गराइरहेका थिए । तर यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै त्यसको उपचार हाल यहाँ सम्भव नदेखिएकाले नयाँदिल्ली जान सल्लाह दिएका थिए ।

सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए । त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेका हुन् । तर ट्युमरको अपरेसन भने दुई–तीन महिनाभित्रै गराउन सल्लाह दिइएको प्रेस सल्लाहकार पाण्डेले जानकारी दिएका छन् । साथमा पाण्डेसहित डा. भट्टराईकी पत्नी एवं नेतृ हिसिला यमी पनि छन् ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…