उद्घाटन र शिलान्यासका सिलसिलामा प्रधानमन्त्री ओली आज झापा र मोरङ पुग्ने

काठमाडौं,फाल्गुन १८ । उद्घाटन र शिलान्यासका लागि देशका विभिन्न स्थानमा दौडधुप गरिररहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि यस्तै सिलसिलामा झापा र मोरङ पुग्ने भएका छन्।

त्यसका लागि उनी बिहान ११ बजे झापाको भद्रपुर पुग्ने कार्यक्रम छ। त्यसपछि मध्याह्न साढे १२ बजे प्रधानमन्त्री ओलीले विपन्न परिवारका लागि त्यहाँको अनारमनी नगरपालिकाले निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गर्नेछन्।

लगत्तै उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ।

aawash steels

त्यसपछि प्रधानमन्त्री ओली दिउँसो ३ बजे मोरङको उर्लाबारी पुग्नेछन् र एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ।

यसपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ।

super kinetic courier

आफूले विघटनका लागि सिफारिस गरेको संसद् सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि पनि प्रधानमन्त्री ओली लत्रिएको देखिँदैन। उनी झन् देशदौडाहामा सक्रिय भइरहेका छन्।

हिजो मात्र उनी गण्डकी प्रदेशस्तरीय भेलासहित विभिन्न उद्घाटन र शिलान्यासका लागि पोखरा पुगेका थिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…