दोलखाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा ९ सय भन्दा बढिले गराए आँखा परिक्षण

दोलखा,फाल्गुन १८ । दोलखाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा ९ सय बढिले आँखा परीक्षण गराएका छन् ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्र र लायन्स क्लब अफ दोलखाको आयोजनामा फागुन ७ गतेबाट १५ गते सम्म आँखा शिविरबाट ९ सय ११ जनाले आँखा परिक्षण गराएका हुन् ।

फागुन ७ गते तामाकोशी गाउँपालिका वडा नम्बर ३ छौँडेमा २ सय ४ जनाले आँखा परिक्षण गराएकामा ९ जनामा मोतिबिन्दु देखा परेको छ । त्यसैगरि ९ गते वैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा भएको शिविरमा २ सय ६२ जनाले आँखा परिक्षण गराएकामा २९ जनामा मोतिविन्दु, १० गते कालिन्चोक गाउँपालिका वडा नम्बर २ बावरेमा १ सय ५७ जनाले आँखा परिक्षण गराएकामा १० जनामा मोतिविन्दु र १ जनाको मासु पलाएको पाइएको छ ।

११ गते शैलुङ गाउँपालिका वडा नम्बर ८ भैंसेमा सञ्चालन भएको शिविरमा १ सय २४ जनाले आँखा जाँच गराएकामा ५ जनाको मोतिविन्दु र १५ गते विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीमा १ सय ७३ जनाले आँखा परिक्षण गराएकामा १५ जनामा मोतीविन्दुको समस्या देखीएको छ ।

शिविरमा आँखा जाँच गराउन आएका मध्ये ६८ जनामा मोतिबिन्दुको समस्या देखा परेको थियो ।
शिविरबाट छनौट भएका मोतिविन्दुका विरामी तथा आँखा अप्रेशन गर्नुपर्ने विरामीहरुलाई दोलखा लायन्स आँखा केन्द्र, दोलखामा आईतबारबाट अप्रेशन सुरु गरेको छ ।

फागुन १९ गते सम्म शल्यक्रिया सेवा उपलब्ध हुने दोलखा लायन्स आँखा केन्द्र दोलखाका प्रमुख विप्लव खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…