कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलासा

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ।

सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल सावित्री सुवेदी र उनका श्रीमान् कपिल खड्कालाई पक्राउ गरेको हो।

उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र उक्त सहकारी लुटिएको भए पनि कर्मचारीले भने २६ गते बिहान कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए। कार्यालय खुल्लै रहेको देखेपछि कर्मचारीहरुले लुटिएको जानकारी पाएको र त्यसपछि मात्रै प्रहरीलाई खबर गरेका थिए।

रकम राख्ने कोठा र दराजको चाबी सहकारीका अध्यक्षसँग मात्रै थियो। तर पनि सहकारी तोडफोड नगरी चाबी खोलेरै चोरिएको पाइएपछि प्रहरीले सुरुदेखि नै त्यहीँका कर्मचारीमाथि बढी आशंका गरेको थियो।

२५ गते बैंक बन्द भइसकेपछि एक ऋणीले १० लाख रुपैयाँ बुझाएका थिए। उनी सावित्रीकै श्रीमान् थिए। बाँकी रकम बजारबाट संकलन भएको थियो।

सावित्रीका दम्पतीले भक्तपुरको ठिमीमा घर बनाउँदा सहकारीबाट ऋण लिएका थिए। घर बनिनसक्दै उक्त ऋण तिर्न सो दिन कपिल सहकारीमा पुगेका थिए।

कपिलले ऋण बुझाएपछि सावित्रीले उक्त रकम निकालेको र उनले पहिले नै नक्कली चाबी तयार गरेको पाइएको छ। सहकारीका अध्यक्षलाई गत कात्तिकमा कोरोना संक्रमण भएको थियो। त्यही बेला सावित्रीले नक्कली चाबी तयार गरेको पाइएको छ।

नक्कली चाबी तयार गरेको सहकारीका सञ्चालक र अन्य कर्मचारीलाई भने थाहा थिएन।

सहकारीबाट रकम लगिसकेपछि उनीहरुले विभिन्न व्यक्तिलाई राख्न दिएका थिए। उनीहरुले पैसा राख्न दिएका व्यक्तिलाई पैसा राख्न दिएको कुरा नभन्न भनेका थिए। ‘घरायसी समस्या भएकाले यो कुरा कतै नभन्दिनु होला भनेको रहेछन्’, एसएसपी सिंहले भने, ‘लामै योजना गरेर लुटेको देखिन्छ।’

सुरुमा अस्वीकार गरे पनि अहिले उनीहरुले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…