नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।

उनले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताए।

आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताए।

‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लाेकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’

प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई त्यता नलाग्न र बेलैमा निर्णय गर्न आग्रह समेत गरे।

‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्याैँ, घाेषणा हुनमात्र बाँकी हाे,’ उनले सो कार्यक्रममा भने।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…