काठमाडौं, फाल्गुन १७।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता नारायण वाग्लेले भनेका छन्, ‘अन्यायी सडक विस्तार रोक्न खोज्दा बालाजुका ६ जना तथा तिनलाई हिरासतमा भेट्दा नेपाल भाषामा नबोल्न आदेश दिने प्रहरीसँग भनाभनमा पक्राउ परेका थप दुई जनालाई हथकडीसहित अदालत लगिने दिन सोमबार (आज) बिहान ९:३० हामी माइतीघरमा प्रदर्शन तथा सभा गर्दै छौं।’