प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका छन्।

आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’ को संज्ञा दिए। प्रचण्ड र माधव नेपालले देश बर्बाद पार्न लागेको भन्दै आफू पनि यही देशमा रहेको नबिर्षन चेतावनी दिए।

‘शान्ति, एकता देख्न नसक्ने। बल्ल बल्ल एकता गरियो। त्यही पनि फुटाएर हिँड्ने। पद, पैसा, परिवार। जहिले पनि मलाई चाहियो। लड्डु खाँदै गर्दा हेलो… आँपको सहयोगको बहुत बहुत धन्यवाद! कसलाई हो थाहा छैन, सुनियो त्यस्तो। एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन्’ उनले थपे, ‘तर हामी छौँ यो देशमा। लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स।’

aawash steels

प्रचण्डले शुक्रबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेस, आफू र जनता समाजवादी पार्टी मिल्दा ‘भारतलाई पनि कन्फर्टेवल हुने’ बताएका थिए। उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस, राजपा र आफ्नो पार्टीबीच सत्ता समिकरण बनाउन लागेको जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई ‘झुसे बारुला’को संज्ञा दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिए। उनले प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा नेताहरुलाई भेट्न गएकोप्रति पनि व्यंग्य गरे।

super kinetic courier

‘सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन्। उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन्’ उनले थपे, ‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन्। त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो? भनेपछि झसंग भएछन्।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…