प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने :भीम रावल

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका हुन्।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताए। त्यसरी निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए। बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि बताए।

aawash steels

उनले भने, ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु। उहाँलाई हटाउँछौ अब हामी। बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौ हामी यो बुझिराख्नुस्। दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सो को लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने। मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्नुकुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाट्ने कुरा रहेछ। दलका नेता कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ। दुईतिहाई सदस्य हामीसँग छन्। अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे। निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि बताए।

super kinetic courier

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानून र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाई छ।

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…

नेपालमा थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं , वैशाख ६ ।थप एक हजार २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ८५ हजार…