गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्।

आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री थापाले उनलाई ३० माघबाट लागू हुने गरी हटाएका हुन्।

प्रचण्ड–नेपाल समूहलाई गोप्य सूचना दिएको र युवासंघको भेला बहिष्कार गरेको कारण हटाइएको स्रोतले बतायो।

‘सचिवालयमा बसेर मन्त्रालयका कामभन्दा बढी प्रचण्ड–नेपाल समूहलाई सूचना दिने काम गर्नुभयो, सल्लाहविना युवासंघको भेला बहिष्कार गर्नुभयो, त्यसकारण उहाँलाई पदबाट हटाइएको हो’, मन्त्रीनिकट स्रोतले भन्यो।

यता मन्त्री थापाले हटाएको भनिएका तामाङ आफूले एक महिना अगाडिदेखि नै मन्त्रालय नगएको बताएका छन्। उनले आफूले औपचारिक रुपमा राजीनामा नदिएको भए पनि मन्त्रालय नआउने जानकारी दिएको बताए।

‘म एक महिनादेखि थापाको सचिवालयमा गएको छैन, उहाँलाई राजनीतिक रुपमा असर नपरोस् भनेर राजीनामा नदिए पनि सचिवालयमा छैन’, तामाङले भने, ‘एक महिना अगाडि नै छाडेको मान्छेलाई के काे कारबाही?’

नेकपा विभाजनपछि गृहमन्त्री थापासँगै तामाङ पनि ओली समूहमा लागेका थिए। तर, माघको २५ र २६ गते बसेको युवा संघको राष्ट्रिय भेलामा ओली पक्षले एकलौटी रुपमा पुनर्गठन गरेपछि तामाङलगायतका पूर्व माओवादीका युवाहरुले भेला बहिष्कार गरेका थिए।

त्यसपछि नेतृत्वले एकलौटी गरिएको युवा संघको नेतृत्व पुनर्गठनलाई सच्याउने बताए पनि कुनै कदम नचालेपछि उनी निष्कृय भएका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…