दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएकाा एक व्यक्तिलाई न्याय दिन राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग आग्रह

खोटाङ,फाल्गुन १६ । खोटाङमा दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएका टंकप्रसाद आचार्यलाई न्याय दिन र सुरक्षाको ग्यारेन्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले २०७६ जेठ १८ गते आयोजना गरेको सहभोज कार्यक्रममा गएर दलित युवतीको हातबाट दही खाएको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय आचार्यलाई त्यस बेलादेखि अघोषित रूपमा सामाजिक बहिष्कार गरिएको हो।

सामाजिक बहिष्करणका कारण मानसिक पीडामा परेका आचार्यलाई त्यसबाट मुक्ति दिन र आवश्यक सुरक्षा मिलाउन आयोगको प्रदेश शाखा कार्यालय (खोटाङ) ले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो।

aawash steels

घटनाबारे सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन र नगरपालिकालाई अनुरोध गरिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले जानकारी दिए।

आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गरी पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने धारणा सार्वजनिक गरेको हो।

super kinetic courier

जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भई दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण भइरहेको तथ्य प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले उल्लेख गरेको छ।

घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएका आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए।

घरमा कुशेऔंशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ।

समाजमै अघोषित बहिष्कार गरिएको भन्दै आचार्य न्यायको याचनासहित २०७६ भदौ ३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए। मुख्यमन्त्री राईले तत्काल प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि दोषीलाई कारबाही भएको छैन।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…