ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ।

शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा भएको भेलालाई सो समूहले अनौपचारिक छलफल भनेको छ।

ओली पक्ष सांसद डा. सूर्य पाठकले केही साथीहरुबीच अनौपचारिक छलफल भएको बताए।

‘हामी केही साथीहरुबीच याक एन्ड यतीमा केहीबेर सामान्य र अनौपचारिक छलफल भएको हो,’ पाठकले भने। उनले भेलामा कति सांसद सहभागी थिए र के कुरा भयो भन्ने चाहिँ खुलाउन चाहेनन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको छ। अदालतको आदेशपछि बस्न लागेको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन ओली पक्षले छलफललाई तीव्रता दिएको छ।

प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएकाे छ। नेकपाकाे प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला ओली पक्षले त्यसलाई कसरी ‘फेस’ गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको छ।

नेकपाका दुवै पक्ष अहिले सांसदहरु आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका छन्।

एकीकृत नेकपाका १ सय ७४ सांसदमध्ये ओली पक्षमा ८० बढी छन् भने प्रचण्ड–नेपाल पक्षमा ९० बढी सांसद रहेको उनीहरुले दाबी गरिरहेका छन्।

अर्को समूहका सांसदहरुलाई आफूतिर तान्ने र आफ्नो पक्षमा भएका सांसदलाई कतै जान नदिनका लागि दुबै पक्षले भेला र छलफललाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…