काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ।
बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो। नागरिक अभियन्ताहरुले त्यसको विरोध गर्दै भत्काउन खोज्दा अभियन्ता र प्रहरीसँग धक्कामुक्की भएको हो।
अभियन्ताहरु नारायण वाग्ले, आलोकसिद्धि तुलाधर, राजेन्द्र महर्जनलगायत ४०/५० जनाको समूह संरचना भत्काउन पुगेको थियो।
उनीहरुले कंक्रिट नराख्न भन्दै आएका थिए। हिजो बनाएको देखेपछि आज उनीहरु त्यहाँ पुगेका हुन्।
अभियन्ताहरुले महानगरपालिका पुगेर भोलि विरोध गर्ने जनाएका छन्।