नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुनलाई प्रहरीले म्याग्दीबाट पक्राउ

काठमाडौं,फाल्गुन १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुनलाई प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–२ बाट ६० वर्षीय पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ। बिहीबार साँझ पुन पक्राउ परेका पुष्टी जिल्ला प्रहरी कार्यालय म्याग्दीले गरेको छ

पक्राउपछि पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको जानकारी दिए।

पुन यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा रहेका प्रहरीले जनाएको छ। पुनमाथि एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको आरोप छ।

पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन्। पछिल्लो समय उनी चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेको समयमा पुन पक्राउ परेका हुन्। सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…