गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

काठमाडैंको धापासीबाट सल्यान शारदा नगरपालिका–५ बस्ने ३१ वर्षीय पुरन रेउले र सितापाईलाबाट काभ्रे मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने ४८ वर्षीय आइत तामाङ र रसुवा साविक सरमथली गाविस–६ हाल नौकुण्ड गाँउपालिका–३ बस्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्वालाई पक्राउ गरी ब्युरोले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी बरामद गरेको छ ।
पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले बताए ।

यही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरुलाई काठमाडाैंका विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीको लागि पहिले नै चितवन पठाइएको ब्युरोले जनाएको छ ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…