ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्।

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन्। स्थानीयवासीले सडकमा ठूल्ठूला ढुंगा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन्।

वीरेन्द्रनगर नगरपालिकाका अनुसार पिके कन्ट्रक्नसले निर्माणको जिम्मेवारी लिएको उक्त सडकको आगामी चैत मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्नेछ। गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यादेश भए पनि कोभिड–१९ का कारण निर्माणकार्यमा असर पुगेको भन्दै ठेकेदारले आगामी चैत मसान्तसम्म म्याद थपको अनुमति लिएका छन्।

aawash steels

स्थानीय कुसुम रावलले मुख्य सडककै स्तरोन्नतिमा ढिलाइ हुँदा आफूहरु बाध्य भएर बाटो नै बन्द गरेको बताए। ‘धूलोले सास्ती दिन थालेको महिनौं भइसक्यो, गाडीबाट ढुंगा उछिट्टएर बालबालिका घाइते हुनुका साथै पसलका सामानमा समेत क्षति पुगिरहेको छ’, उनले भए, ‘निर्माण व्यवसायीले तत्काल निर्माणको काम अघि नबढाउँदासम्म सडक सञ्चालन गर्न दिदैनौंँ।’ प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगर उपत्यकाभित्र विभिन्न ३६ सडकको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको छ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ठेकेदारलाई तत्काल पानी छर्केर धूलो व्यवस्थापन गर्न लगाउने बताए।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…

एनआईसी एशिया बैंकका सिईओ ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित

काठमाडौं, चैत्र २८ ।एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित…