प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ।

बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जसपाका नेताहरुसँग नयाँ राजनीतिक परिस्थितिमा सहमति र सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए।

राजपाले नेकपाको प्रचण्ड नेपाल समूहसँग सत्ता सहकार्यका लागि केही सर्त राख्दै नेकपाको प्रस्तावबारे पार्टीभित्र छलफल गर्ने जवाफ दिएको नेता राजेन्द्र महतोले जानकारी दिए।

आफूहरुले नेकपाको अधिकारिकता र प्रचण्ड नेपालको दल कुन हो भन्ने बारेमा समेत प्रश्न उठाएको उनले जानकारी दिए।

‘तपाईंहरुको कुन पार्टी हो? अधिकारिक पार्टी त चाहियो नि भन्यौँ’, बैठकपछि नेता महतोले पत्रकारसँग भने, ‘तपाईंहरु (प्रचण्ड–नेपाल)ले राखेका सबै कुराहरु हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौँँ।’

उनले संविधान जारी गर्दा र यसअघि भएका सम्झौतामा आफूहरुले धोका पाएको भन्दै त्यसलाई स्मरण गरेर अगाडि बढ्ने बताए।

‘हाम्रा आन्दोलनकारी सांसद रेशम चौधरीलगायतका साथीहरु अहिले पनि बन्दी जीवन विताइरहनुभएको छ, यी सबालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौँ र यसका लागि हामी संघर्ष गर्छौँ’, उनले भने। उनले आफूहरु संविधानका रहेका कमिकमजोरीका विरुद्धमा जुनसुके सरकार बने पनि संघर्ष गर्ने बताए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…