हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापश्चात ट्रक चालक फरार छन् । उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा छ। परीक्षणका लागि शव हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…