
काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक बस्ने तय भएको थियो। तर, आज बस्ने भनिएको बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ। बैठकका लागि थप गृहकार्य आवश्यक भएकाले आजको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
बुधबार पनि ओली समूहको स्थायी कमिटी बैठक बसेको थियो। हिजोको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको थियो। बैठकले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णयसमेत गरेको थियो।