सामसङको सस्तो फोन ग्यालेक्सी ‘एम ०२ एस’ नेपाली बजारमा

काठमाडौँ , फागुन १३ | सामसङले ग्यालेक्सी एम०२ नेपाली बजारमा ल्याएको छ। यो स्मार्टफोनमा ६.५ इन्च स्क्रिनसहित माइक्रो सेन्सर, ५ हजार एमएएच ब्याट्री क्षमताको साथ १३ मेगापिक्सेलको मेन लेन्सको साथ डुअल रेयर क्यामरा रहेको सामसङले जनाएको छ।

साथै २ मेगापिक्सेलको माइक्रो सेन्सरले क्लोजअप सट लिँदा राम्रो फोटो लिन सकिने कम्पनीको भनाइ छ। स्मार्टफोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

सामसङको एम सिरिजअन्तर्गत एम०२ अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेम खेल्न र अन्य कामका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।
‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरु गरी सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोनमार्फत् दैनिक जीवन सहज बनाउन केन्द्रित छौं। नयाँ ग्यालेक्सी एम०२ ले भर्चुअल गतिविधिमा भाग लिन लगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि उपयुक्त स्मार्टफोन बन्नेमा विश्वास लिएका छौं,’ सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताए।

फोनमा मेगा भ्यूइङ अनुभवका लागि एचडी+ इन्फिनिटी भी डिस्प्ले राखिएको कम्पनीले जनाएको छ। जसले भिडियो स्ट्रिमिङदेखि गेम खेल्न कुनै बाधा नपुग्ने बताइएको छ। स्मार्टफोनमा मिडियाटेक ६७३९ प्रोसेसर जडान गरिएकाले फोन ह्याङ वा स्लो हुने समस्या नआउने दाबी कम्पनीको छ।

सिल्क डिजाइनसहित उक्त फोन नीलो, कालो र खरानी गरी तीन रङमा बजारमा ल्याइएको छ। ग्यालेक्सी ए०२ को २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको सेटको मूल्य ११ हजार ९९९ रुपैयाँ छ। ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भएको सेटको १२ हजार ९९९ रुपैयाँ पर्ने सामसङले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…