सञ्चारकर्मी लामिछानेको नयाँ टेलिभिजन च्यानलको यात्रा सुरु

‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं’ सोमवार रविले सामाजिक सञ्जालमा लेखेका थिए ।

११ फागुन, काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन र नयाँ कार्यक्रम घोषणाको तयारी गरेका छन् । मंगलबार(आज) एक कार्यक्रम आयोजना गरी नयाँ टेलिभिजन च्यानल र कार्यक्रम घोषणा गर्न लागिएको हो ।

लामिछानेले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आजबाट नयाँ यात्राको शुरुवात हुने जनाकारी दिएका थिए ।

‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं’ सोमवार रविले सामाजिक सञ्जालमा लेखेका थिए । उनीसहित न्यूज २४ का पूर्व सहकर्मी प्रमोद न्यौपाने लगायत उक्त टिममा रहेको जनाइएको छ ।

aawash steels

टेलिभिजन टिमका अनुसार टेलिभिजन च्यानलको नाम ‘ग्यालेक्सी’ हुनेछ ।

उक्त टेलिभिजनबाट न्यूज २४ मा लामिछानेले सञ्चालन गरेको ‘सिधा कुरा’ शैलीकै कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ‘सिधा कुरा’को पछाडि केही शब्द जोडेर नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ ।

super kinetic courier

कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा न्यूज २४ टेलिभिजन र लामिछानेबीच विवाद भएको थियो । उक्त कार्यक्रम अहिले पनि न्यूज २४ बाट प्रसारण भइरहेको छ । त्यसैले रविले त्यस्तै खालको नयाँ कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालन हुन लागेको टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् । टेलिभिजन आगामी वैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडा, बैंक पनि बन्द हुने

बुटवल । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण…

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाण्डौ | कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । वैशाख १९ गते बसेको…

कोरोनाबाट एकै दिन ५४ जनाको मृत्यु ,थप ९,०७० जनामा संक्रमण…

काठमाडौं, वैशाख २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ९ हजार ७० जनामा संक्रमण…

संक्रमितलाई अस्पताल सम्म पुग्न व्यवसायी भण्डारीले सुरु गरे नि:शुल्क एम्बुलेन्स…

बैशाख २३, रुपन्देही ।  भैरहवाका निर्माण व्यवसायी मंगल  भण्डारीले कोरोना संक्रमितलाई अस्पताल सम्म पुग्न नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्। विहिबार आफ्नो फेसबुक वालमा पोस्ट गर्दै…

बिरामीलाइ अस्पताल पुर्याउन देवदहमा राप्रपाले सुरु गर्यो नि:शुल्क सवारी सेवा

२३ वैशाख, रुपन्देही । रास्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले महामारीमा नगरभित्र अत्यावसेक सेवाका लागि नि:शुल्क सवारीसाधनको सेवा सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा…