ठोरी-वीरगंज सडक खण्ड पुनः निर्माणकार्यमा लाग्ने, निकुञ्जले दियो अनुमति

siddhartha wheel mart

१० फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जको अवरोधले रोकिएको हुलाकी राजमार्गको काम अघि बढ्ने भएको छ।

निकुञ्जकै कारण हुलाकी
राजमार्गको काम रोकिएको समाचार आइतबार प्रकाशित भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्नो तर्फबाट सडक निर्माणमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको हो। विभाग र सडक विभागबीच भएको बैठकमा निकुञ्ज आसपासको ७ किलोमिटर बाहेकमा काम गर्न दिन निकुञ्ज तयार भएको छ।

सडकले आयोजनालाई ७ किमि बाहेकमा काम अघि बढाउन निर्देशन दिइएको सडकका महानिर्देशक अर्जुनजंग थापाले बताए। उनका अनुसार बाँकी ७ किलोमिटरमा भने थप अध्ययनपछि मात्रै गरिनेछ। सब बेस, बेस बिछ्याइसकेको उक्त सडक निर्माणका लागि करिब ८ अर्ब लाग्ने अनुमान गरिएको छ। उक्त रकम नेपाल सरकारकै स्रोतबाट निर्माण गरिने थापाले बताए।

aawash steels

आयोजनाका अनुसार निकुञ्जले राजमार्गको ठोरी-वीरगन्ज सडकको करिब २० किलोमिटरमा अवरोध गरेको थियो। ‘उहाँहरुसँग हाम्रो वार्ता भयो। विश्वसम्पदा सुचीमा रहेकाले थप अध्ययन गरेर मात्रै अघि बढाउन आग्रह गर्नुभयो,’ थापाले भने, ‘७ किमिमा चाहिँ युनेस्को लगायतसँग सहमति लिएर काम गर्ने भन्ने निर्णय भएको छ। त्यसका लागि निकुजञ्जले सहजीकरण गर्नेछ।’

ठोरी-वीरगंज खण्ड यो खण्ड ६० किलोमिटर छ। जसमा पछिल्लो ३० किमि निर्माण जिम्मा कालिका-बानियाँ जेभीले पाएको छ। सोही खण्डमा निकुञ्जले अवरोध गरेको थियो। जसमा कल्भर्ट लगायतका संरचना निर्माण गरेर बेस,सब-बेस राख्ने काम भइसकेको छ। कालोपत्रे सुरु गर्नका लागि अलकत्रा छर्ने तयारी भइरहेको थियो। निकुञ्जले तत्काल रोक्न निर्देशन दिएपछि काम रोकिएर बसेको थियो।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…

हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको…

बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताए

काठमाडौं,फाल्गुन १३ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको…

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक…

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, नेप्सेलाई पत्र काटेर अघि…

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज…