तेस्रो चरणमा शिक्षक र सार्वजनिक यातायातका चालकलाई पनि खोप

भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ ।

१० फागुन, काठमाण्डौ । सरकारले भारतबाट खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज नेपाल आएसँगै खोपअभियानको तेस्रो चरणमा शिक्षक र सार्वजनिक यातायातका चालकलाई पनि खोप दिने निर्णय गरेको छ।

यो निर्णयअनुसार विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक बसका चालक र सहचालकलाई खोप दिइनेछ। यसअघि नै औषधि पसलमा कार्यरत कर्मचारी, प्रयोगशालामा कार्यरत कर्मचारी तथा सफाइ कर्मचारीलाई पहिलो प्राथमिकतामा खोप दिने निर्णय भएको छ।

तथ्यांकअनुसार नेपालमा सरकारी शिक्षकको संख्या १ लाख ८० हजार, निजी विद्यालयका शिक्षकको संख्या ८८ हजार ८ सय ४८ छ। सार्वजनिक बसका चालक र सहचालकको संख्या करिब २ लाख रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला बताउँछन्। यो हिसाबले तेस्रो चरणमा ४ लाख ६८ हजारजनालाई खोप दिनुपर्छ।

भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ ।

भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…