
१० फागुन, डडेल्धुरा । डडेल्धुरामा १० वर्षीया बालिका बलात्कार आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
प्रहरीले आइतबार गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै विद्यालयले प्रहरीसमक्ष उजुरी दिएको थियो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जनाएको छ ।
प्रहरीका अनुसार मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्नेछ ।