
गोरखा । गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको समयमा गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।