अपहरित बालकको ७ घण्टामा शकुसल उद्धार, बाबु र मामा पक्राउ

siddhartha wheel mart

फागुन ९ ,धनुषा । प्रहरीले धनुषाबाट अपहरित एक बालकको ७ घण्टाभित्र सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न बालकका मामासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा समेत छन् ।

धनुषाको नगइराइन नगरपालिका–६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै एक करोड फिरौती मागिएको थियो ।

aawash steels

‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरिएको छ ।’

बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।

super kinetic courier

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…