काठमाण्डौ उपत्यकाका केही स्थानमा शनिवार विद्युत कटौती गरिने

८ फागुन, काठमाण्डौ – आज (शनिवार) काठमाण्डौ उपत्यकाका केही स्थानमा विद्युत कटौती गरिने छ। काठमाण्डाै, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा मर्मत गर्नुपरेको हुँदा आज बत्ती जाने भएको छ ।

लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने भएको छ । रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल र ए.भी.एम. चोकलगायत क्षेत्रमा विद्युत मर्मतको काम हुँदै छ । त्यस क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बिजुली जाने भएको छ । पाटन फिडरअन्तर्गत पर्ने हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने भएको हो ।

यस्तै भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले दुई घण्टाका लागि बिजुली बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणले आज काठमाण्डाैको बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले त्यस फिडरमा पर्ने क्षेत्रमा बत्ती जाने भएको छ । स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा आज दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…