प्रतिगमनविरुद्ध टुँडिखेलमा ‘नागरिक घोषणा सभा’

काठमाडौं, ७ फागुन । प्रतिगमनको विरोधमा आज (शुक्रबार) नागरिक समाजले टुँडिखेल घेर्ने भएको छ । बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको जनाएको छ ।
बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने

आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो । प्रधानन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको नागरिक समाजले आज टुँडिखेल घेर्न लागेको हो ।
समाजले टुँडिखेलमा हुने मार्चमा सहभागी हुन सबैमा आग्रह समेत गरेको छ । नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिद गेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ ।
त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ । गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकार तथा लेखक नारायण वाग्ले, युग पाठक, जेबी विश्वकर्मा, अनुभव अजित, भाष्कर गौतम, उज्ज्वल प्रसाईलगायत नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेका छन् ।

यसअघि हिजो आन्दोलनरत नेकपामा प्रचण्ड–नेपाल समूहले पनि मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको थियो ।
टुँडिखेल मार्चपछिको सभामा मन्तव्य तथा कविता वाचन गर्ने वक्ताहरू
१) कवि केवल बिनाबी
२) नागरिक अभियन्ता जेबी विश्वकर्मा
३) मुक्त टुँडिखेल अभियन्ता आलोकसिद्धि तुलाधर
४) नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङ
५) ज्यापू महागूथिका अध्यक्ष तथा कवि राजभाइ जकःमि
६) खोकना जनसरोकार समितिका नेपाल डंगोल
७) अभियन्ता सपना सञ्जिवनी
८) कवि तथा रंगकर्मी संगीता उराव
९) अभियन्ता रिता साह
१०) लेखक सरिता तिवारी

११) कवि राजु स्याङ्तान
१२) आदिवासि अभियन्ता मोहन गोले तामाङ
१३) लेखक खगेन्द्र संग्रौला
१४) अभियन्ता नारायण वाग्ले
१५) कार्यक्रम सञ्चालन मोहना अन्सारी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…