कावासोतीको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदै

siddhartha wheel mart

दयाराम आचार्य /कावासोती

फागुन ६ ,कावासोती | कावासोती नगरपालिकाको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिने भएको छ । कावासोती नगरपालिका १ बालुवाडाँडामा बिहिबार देखी परिक्षण उडान गर्ने तयारी गरिएको छ । पर्यटकीय दृष्टिकोणले समेत सम्भावनाको क्षेत्रका रुपमा रहेको बालुवाडाँडा क्षेत्रबाट प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदैछ । क्लाउडबेस प्याराग्लाईडिङ्ग नेपालले भोली देखी पाँच दिन सम्म परिक्षण उडान गर्न लागेको व्यवस्थापक प्रकाश भुजेलले बताउनुभयो ।
कावासोती नगरपालिकामा नयाँ पर्यटकिय सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाईडिङ्गको समेत परिक्षण गर्न लागिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कम्पनीले समेत चासो दिएर परिक्षणकालागि आएको बताउदै सफल भए यो जिल्लाकै लागि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र बन्ने उहाँले बताउनुभयो ।
पाँच जना चालकले भोलीबाट परिक्षण गर्ने छन् । अवतरणकालागि कावासोती १, ५ र ६ का क्षेत्रहरुको अध्यन समेत गरिने छ । भोली चालक दलले मात्रै एकल उडान भर्ने छन् । त्यसपछी अन्य यात्रु राखि समेत यसको परिक्षण गरिने उमेश रानाले बताउनुभयो । उहाँका अनुसार भोली बिहानबाट परिक्षण शुरु गरिनेछ । मौसमको अवस्था हेरी पाँच दिन सम्म बालुवाडाँडाका बिभिन्न क्षेत्रबाट परिक्षण उडान गरिने छ ।
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…

हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको…

बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताए

काठमाडौं,फाल्गुन १३ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको…

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक…

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, नेप्सेलाई पत्र काटेर अघि…

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज…