फागुन २३ देखि दोस्रो चरणको कोभिड खोप सञ्चालनमा ल्याउने

फागुन २३ देखि जेष्ठ नागरिकलाई पनि कोभिडविरुद्दको खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय

फागुन ५, काठमाडौँ । सरकारले आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन गर्ने भएको छ। कोभिडविरुद्दको खोप खरिद प्रक्रिया अगाडि बढाइरहेको सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ।

‘हामीलाई ७ लाख भन्दा बढी ७५ वर्षमाथिका नागरिक छन् भनिएको थियो। त्यो संख्या १४ लाख आसपास छ भनिएको छ। ६० वर्षभन्दा माथि सबै जोड्दा २७ लाख व्यक्ति पुग्छन् भन्ने मन्त्रालयको अनुमान छ,’ मन्त्रालय स्रोतले भन्यो।

नेपालमा माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो।

पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो।

पहिलो दोस्रो प्राथमिकतामा पत्रकार, राजदुतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो।

अहिले सोही चरणमा सरकारी कार्यालयका कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधिलाई खोप लगाइदैँ छ। यो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने बताइएको छ।

मंगलबार साँझसम्मको तथ्यांक अनुसार हालसम्म २ लाख ६३ हजार ४८ जनाले कोभिड खोप लगाइसकेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…