
फागुन ४ , बुटवल। इनरव्हील क्लब अफ बुटवलले संचालन गरेको इनरव्हील मोडेल भिलेज र इनरव्हील मोडेल विद्यालय अन्तर्गत देवदह बडा न ०३ मा रहेको हातीडाडा गाउँ र कोटही आधारभुत विद्यालयलाइ ३ वर्षको लागि आफ्नो संरक्षणमा राखी संचालन गर्ने भएको छ ।
यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा क्लबले गत विहिबार सोहि विद्यालयमा अध्यनरत १४० विद्यार्थीलाइ एक कार्यक्रम गरि शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष शोभा जोशी, प्रमुख अतिथि वडा प्रतिनिधि केशव राणा विद्यालयका प्रअ रमेस न्यौपाने लगाएतको उपस्तिथीमा सामग्री वितरण गरिएको थियो । स्कुल ब्याग, कापी, कलम, खेलकुद सामग्री लगाएत वितरण गरिएको संस्थाकी अध्यक्ष जोशीले जानकारी दिनु भयो ।
आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत देवदहमा इनरव्हील सपोर्ट स्कुल संचालन गर्ने लक्ष्य सहित उक्त कार्यक्रम संचालन गरेको क्लबले बतायो । उक्त कार्यक्रम संचालन गर्न क्लब र वडा समितिबाट संयुक्त समिति गठन भएको छ। कार्यक्रमको मूल संरक्षक वाड न ३ का अध्यक्ष वैकुण्ठ कुवर रहेका छन् ।
उक्त सम्झौता पछी अब क्लबको सम्पूर्ण कार्यक्रमहरु गाउँमा केन्द्रित हुने क्लबकी अध्यक्ष जोशीले बताउनु भयो ।