म्यानमारका सडकमा सेनाको बख्तरबन्द, इन्टरनेट पनि बन्द

siddhartha wheel mart

फागुन ३, काठमाडौं। म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहुँ विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै फ्रेब्रुअरी १ मा म्यानमारमा सेनाले देशको शासन आफ्नो हातमा लिएको छ । निर्वाचनमा आङ साङ सूचीको नेसनल लीग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो ।

aawash steels

सैन्य कूसँगै नेतृ सुचीसहित एनएलडीका विभिन्न नेता पनि सेनाको नियन्त्रणमा रहेका छन् । लगातार नौ दिनदेखि जारी विरोध प्रदर्शनहरुलाई दबाउन सेनाले ठूलो संख्यामा आफ्नो शक्ति परिचालन गरेको बीबीसीले जनाएको छ ।

रातको समयमा निषेधाज्ञा जारी गरेपनि त्यसको उल्लंघन गर्दै सर्वसाधारण सेनाको कदमको विरोधमा सडकमा उत्रिएका हुन् । विरोधका गतिविधि नियन्त्रणमा लिने सेनाले रातको समयमा इन्टरनेट समेत बन्द गराएको छ ।

super kinetic courier

म्यानमारको उत्तरी राज्य काचिनमा सुरक्षाकर्मीको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन् । सेनाको कदमको विरोध गर्दै विभिन्न राष्ट्रले नेताहरुलाई रिहा गर्न सैनिक सरकारसँग आग्रह गरेका छन् ।

म्यानमारस्थित संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्रयुजले सेनाको गतिविधिले आम नागरिकमा निराशा छाइरहेको बताए । उनले सेनाले नागरिकमाथि युद्धको घोषणा गरेकाले परिणाम सकारात्मक नआउने चेतावनी समेत दिएका छन् ।

यस्तै युरोपियन युनियन, बेलायत, क्यानडालगायत विभिन्न दूतावासहरुले विज्ञप्ती जारी गरेर सुरक्षा फौजलाई नागरिकमाथिको धरपकड नगर्न चेतावनी दिएका छन् । उनीहरुले निर्वाचित सरकारको पतन रोक्न भएका प्रदर्शनहरुमाथि हिंसा नगर्न आग्रह समेत गरेका छन् ।

म्यानमारका जनतालाई प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र समृद्धिका लागि हामी समर्थन गर्ने ती मुलुकहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीम उल्लेख छ । यता रातको समयमा पनि प्रदर्शनहरु जारी रहेकाले सुरक्षाकर्मीले विभिन्न शहमा सर्वसाधारणका घरमा छापा मारेको बताइएको छ ।

यस्तै सेनाले आफ्नो कारवाहीलाई बलियो बनाउन २४ घण्टा भन्दा लामो समय व्यक्तिलाई हिरासतमा राख्न र निजी सम्पति खोजी अदालतको आदेश आवश्यक पर्नेलगायतका कानुनहरु निरलम्बन गरेको छ । एजेन्सी

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…

हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको…

बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताए

काठमाडौं,फाल्गुन १३ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको…

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक…

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, नेप्सेलाई पत्र काटेर अघि…

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज…