आर्ट अफ लिभिंगको प्यान ह्यापिनेस सम्पन्न

अन्तिम दिन श्री श्री रवि शंकर द्वारा ध्यान र ज्ञानको चर्चा

siddhartha wheel mart

फागुन १, काठमाडौँ । योग तथा अध्यात्मिक संस्था द आर्ट अफ लिभिंग द्वारा संचालित अनलाइन प्यान ह्यापिनेस कार्यक्रम शनिवार सम्पन्न भएको छ । अनलाइन मार्फत देश भरि योग, ध्यान र जीवन उपयोगी ज्ञान सिकाइएको उक्त कार्यक्रममा नेपाल भरिबाट २२०० जनाको सहभागिता रहेको संस्थाका टिचर्स कोअडीनेटर सन्जय महर्जनले एक विज्ञप्ति जारि गर्दै जानकारी गराए ।

कार्यक्रमको अन्तिम दिन दिउसो संस्थाका संस्थापक विश्व प्रसिद्ध अध्यात्मिक गुरु श्री श्री रवि शंकर जूम मार्फत आफै उपस्थीत भएको महर्जनले बताए । आफ्ना अनुयाईहरुलाई सम्बोधन गर्दै श्रीश्री ले जसरी दोश्रो विश्व युद्धमा सबै तिर युद्धको प्रभाव परिरहदा पनि स्विडजरल्याण्डमा त्यसको केहि असर परेन त्यस्तै नेपाल पनि सधै हिँसाबाट टाडा रहोस भन्ने चाहेको बताए। उनले नेपाललाइ पनि एसियाको स्विडजरल्याण्ड बनाउनु पर्ने बताए ।

aawash steels

नेपाल र भारतको सम्बन्धको चर्चा गर्दै श्रीश्री ले दुवै देश बीच सुन्दर सम्बन्ध र आपसी सहयोग रहेको बताए । नेपालप्रति आफ्नो सद्भाव र माया रहेको बताउदै उनले आफु छिट्टै नेपाल आउने सहभागीहरुलाई आस्वासन दिए ।

उक्त अवसरमा श्रीश्री ले सहभागी अनुयायीहरुलाई केहि समय ध्यान समेत गराएका थिए ।

super kinetic courier

आर्ट अफ लिभिंग नेपाल द्वारा आयोजित उक्त ह्यापिनेस कार्यक्रमको नेतृत्व प्रशिक्षक सुवर्णा श्रेसना बस्नेतले गरेकी थिइन् भने संयोजन सन्जय महर्जनले गरेका थिए ।

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…