सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई आजदेखि कोरोनाको खोप

फागुन २ ,काठमाडौं। सरकारले आज (आइतबार) देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गरेको छ । फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेभित्र दिइनेछ ।

उपत्यकाका १७ स्थानबाट खोप दिइनेछ । जसमा काठमाडौं जिल्लाभित्र राष्ट्रिय आयुर्वेद अस्पताल कीर्तिपुर, सशस्त्र अस्पताल बलम्बु, वीरेन्द्र अस्पताल छाउनी, शुक्रराज सरुवा रोग अस्पताल टेकु, प्रसूति गृह थापाथली, वीर अस्पताल रत्नपार्क, प्रहरी अस्पताल लाजिम्पाट, टिचिङ अस्पताल महाराजगन्ज, गंगालाल हृदयकेन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल गोकर्णेश्वर, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल छन् ।

यस्तै, भक्तपुरको जिल्ला अस्पताल भक्तपुर र कोरियन अस्पताल ललितपुरमा पाटन अस्पताल, क्रिष्ट मेडिकल कलेज र आनन्द वन अस्पताल छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

यसबाहेक काठमाडौं बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…