
२ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे छलफल गर्न आज सबै दलका प्रतिनिधिहरुलाइ बोलाएको छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदा बारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । उनले छलफलका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष सहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाइएको जानकारी दिए।