
बुटवल, फागुन १ । उर्जामन्त्रि टोपबहादुर रायमाझीले प्रचण्ड नेपाल समुहका नेताहरुलाई “सडकछाप साथीहरु” भन्दै आलोचना गरेका छन् ।
शनिबार बुटवलमा आयोजित जसभालाई सम्बोधन गर्ने क्रममा मन्त्रि रायमाझीले प्रचण्ड नेपाल समुहका पूर्व मन्त्रिहरु माथि प्रहार गर्दै उक्त शब्द प्रयोग गरेका छन् । उनले ” ओली नेतृत्वको सरकारमा ३ वर्ष बस्नुभयो तर जब मन्त्रिमण्डल पुनरगठन हुने भयो तब त्यहि घर (सरकार)मा आगो लाइदिनु भयो।” बताए । उनले “अहिले तिनै सडकछाप साथीहरुले आफुहरुलाई मन्त्रि खान एता आएको आरोप लगाएको बताए ।
मन्त्रि रायमाझीले केहि मन्त्रिहरु आफ्नो (प्रचण्ड-माधब) समूहमा आउने कुरा रहेको प्रचण्डले भनेको कुरालाइ जवाव फर्काउदै बरु उताबाट(प्रचण्ड-माधब) एता (ओली समूह) आउँने बताए ।