‘युद्धबाट शान्तिपूर्ण आन्दोलनमा म डराएर आएको होइन’- प्रचण्ड

“धर्मग्रन्थ जस्तो माक्सवाद पढेर मात्र हुँदैन, आवश्यकता र परिवेश अनुसार कार्यमा परिमार्जन पनि खाचो छ ।”- प्रचण्ड

siddhartha wheel mart

फागुन १, काठमाडौँ। अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएकाले एकअर्कामाथि धारे हात लगाउने समय नरहेको नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

गंगा कार्की (विश्व) द्वारा लिखित पुस्तक ‘दुसाध्य जनयुद्ध’ को सार्वजनिक कार्यक्रममा प्रचण्डले मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता तर्फ लक्षित गर्दै अहिले बलिदानीबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा आएकाले सबै एक भएर रक्षामा लाग्नु पर्ने बताए ।

प्रचण्डले भने, ‘धर्मग्रन्थ जस्तो माक्सवाद पढेर मात्रै हुँदैन । आवश्यकता र परिवेश अनुसार कार्यमा परिमार्जनको पनि खाँचो पर्छ । हामी एक हुने बेला आएको छ न कि एकअर्कालाई धारे हात लगाउने ।’

aawash steels

उनले भने, ‘मैले सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलन, त्यसलाई संविधानसभा र संविधानसभा मार्फत संघीय गणतन्त्रको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दा आन्दोलनको रक्षा हुन्छ कि यसको हत्या गर्‍यो भन्नु हुन्छ ? मेरो अर्थमा त्यो आन्दोलनको रक्षा र परिवेश अनुसारको उचाईमा पुर्‍याएको हो ।’

प्रचण्डले अघि भने, ‘युद्धबाट शान्तिपूर्ण आन्दोलनमा म डराएर आएको होइन, परिस्थितिसँगै आफूलाई परिमार्जित गर्दै लगेको मात्रै हो । त्यसैले हामी सबै पनि परिवेश अनुसार चल्नु पर्ने बेला आएको छ ।’

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…