भागरथी हत्या प्रकरणमा प्रहरी अनुसन्धान जारी

siddhartha wheel mart

माघ १ ,बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ ।

माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् ।

aawash steels

“शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेललगायतबाट आफूहरु घटनाको एकदमै नजिक पुगेका हौं”, बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, “विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ ।”

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन । भागरथीको भजाइनल स्वाब सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले रिपोर्टपछि मात्रै सामूहिक हो वा एक जनाले बलात्कार गरेको खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।

super kinetic courier

उनले भने, “घटनास्थलमा भेटिएका प्रमाण पनि प्रयोगशालामा पठाएका छौँ, त्यसबाट थप कुरा थाहा हुन्छ ।” घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।

घटनाको नौ दिन बितिसक्दा दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो । जिल्लामा गठन गरिएको संघर्ष समितिका आन्दोलनका कार्यक्रम पनि जारी छन् ।

हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भट्टको न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताए ।

घटनाको नौ दिन भएपनि भागरथीको दाहसंस्कार हुन सकेको छैन । शनिबार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले अझै शव बुझ्न नमानेका हुन् । घटनाको सत्य तथ्य छानविन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए । अस्पतालमा शव सुरक्षित राख्ने‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए ।

“मर्चरी नहुँदा हाल आइसमा राख्ने गरेका छौँ”, उनले भने, “मर्चरी मगाउने पहल गरेका छौँ तर प्रदेशमै मर्चरी छैन ।”

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…