पर्सामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते

माघ ३०,काठमाडौँ | पर्साको जिराभवानी गाउँपालिका– १ पिपरडारीस्थित ओरिया खोलामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते भएका छन् ।  शुक्रबार बिहान नेपाल प्रवेश गरी बालुवा तस्करी गर्न आएका  भारतीयलाई रोक्न गएका सशस्त्र प्रहरीमाथि भारतीयहरूले आक्रमण  गरेका हुन् ।

तस्करको आक्रमणबाट  सशस्त्र प्रहरी जवान आयुष राय यादव र महेशप्रसाद यादव घाइते भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । घाइते प्रहरीहरूको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

भारतसँग सीमा जोडिएको ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खनन रोक्न सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोली खोलामा गस्ती गएको थियो ।

सशस्त्र प्रहरी निरीक्षकद्वय वसन्त जिसी र केदार राईको नेतृत्वमा गएको २२ जनाको सशस्त्र प्रहरीको टोलीले खोलाबाट बालुवा लोड गरिएका तीनवटा भारतीय ट्याक्टर नियन्त्रणमा  लिएको थियो । तर, नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोलामै ट्याक्टर भासिएपछि सशस्त्र प्रहरीले निकाल्ने प्रयास गरिरहेको थियो ।

नेपाली भूमिको ओरिया खोलामा भारतीयले गर्दै आएको बालुवा तस्करी रोक्ने क्रममा यसअघि पनि पटकपटक नेपाली सुरक्षाकर्मीलाई भारतीयहरूले आक्रमण गरी घाइते बनाएका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…