झाँक्रीको पक्राउविरूद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा

माघ २९ ,काठमाडौँ | नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रिलाई गरिएको पक्राउविरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट परेको छ।

झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको झाँक्रीका अर्का वकिल गोविन्द बन्दीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। अधिवक्ता बन्दीका अनुसार दुबैको कदमविरूद्ध सर्वोच्च अदालतमा रिट दिने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै राजनीतिक अभिव्यक्ति दिँदा रिसइबी साँधेर प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको रिटमा उल्लेख छ।

उनलाई बद्नियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दिइएको उनले बताए।

यसअघि आजै प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा झाँक्रीलाई पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।

अहिले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनमा राखिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…