
माघ २९ ,काठमाडौँ | नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नका लागि प्रहरी पक्राउ पुर्जीसहित उनको निवासमा छिरेको छ।
बिहीबार बिहानैदेखि झाँक्रीलाई पक्राउका लागि सादा पोसाकका प्रहरीले उनको निवास घेरे पनि मध्यान्ह साढे १२ बजे मात्रै प्रहरी पक्राउ पुर्जी लिएर उनको निवासमा छिरेको हो।
झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ पुर्जी थमाएसँगै उनले आफूले गिरफ्तारी दिने बताएकी छन्।