
माघ २८ ,काठमाडौँ | प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्न लागेको बृहत आमसभाका लागि मुख्य जुलुस सुरु भएको छ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्ववमा मध्यान् साढे १२ बजे सुन्धाराबाट जुलुस निकालिएको हो।
सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन्।
त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सभामा सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
नेकपाले बुधबार दुई लाख मान्छे उतार्ने दावी गर्दै आएका छ।